उत्तरप्रदेशमा एकलाख युवालाई सरकारी जागिर

उत्तरप्रदेशमा एकलाख युवालाई सरकारी जागिर

एजेन्सी।भारतको उत्तरप्रदेश सरकारले डिसेम्बरसम्ममा एकलाख युवालाई सरकारी जागिर दिने प्रक्रिया अघि बढाएको छ। कोरोनाको दोस्रो लहर सुस्त भएसँगै योगी सरकारले ‘मिसन रोजगार’ अभियानलाई तीव्रता दिएको हो।

महामारीको समयमा रोजगारी सिर्जना गर्न अन्यत्रभन्दा उत्तरप्रदेश अग्रणी रहेको छ। नयाँ रोजगारीका क्षेत्रमा शिक्षा, प्रहरी, स्वास्थ्य, ऊर्जालगायत रहेका छन्। योगीले यो वर्षको अन्त्यसम्ममा पाँच लाख युवालाई रोजगारी दिने योजना रहेको बताएका छन्।

प्रकाशित मिति:     ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar