आजदेखि हरेक बुधवार श्रम स्वीकृति दिइने

आजदेखि हरेक बुधवार श्रम स्वीकृति दिइने

काठमाडौं । वैदेशिक राेजगार कार्यालयले आजदेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने भएको छ । बैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले साताकाे एक दिन श्रम स्वीकृति जारी गर्ने निर्णय केहि दिनअघि गरेकाे थियाे ।

कोभिड–१९ संक्रमणको व्यापकता नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरी २०७७ बैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा बन्द गरेको थियो । यसबीचमा अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति:     २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar