अमेजनले ७५ हजार कर्मचारी भर्ना गर्दै

अमेजनले ७५ हजार कर्मचारी भर्ना गर्दै

काठमाडौं । विश्वकै ठूलो इ कमर्श कम्पनी अमेजनले नयाँ भर्ना हुने कर्मचारीहरुले कोभिड १९ को पूर्ण खोप लगाएको प्रमाण पेश गरेमा थप १ सय डलर भत्ता पाउने घोषणा गरेको छ । साथै अमेजनले कम्पनीको लजिस्टिक कार्यसञ्चालनका लागि थप ७५ हजार नयाँ कर्मचारी भर्ना गर्न लागेको पनि जनाएको छ ।

अर्थतन्त्र पुनःसुचारु गर्नका लागि कोरोना विद्धको खोप अनिवार्य बनिरहेको बेला अमेरिकाका उपभोग्य सामानका प्रमुख बिक्रेताहरुले आफ्ना कर्मचारीहरुलाई कोभिड १९ को खोप लगाउन प्रोत्साहन स्वरुप बोनस लगायतका प्रोत्साहन रकम दिन थालेका छन् । यसो गर्नेमा डलर जनरल, क्रोगर तथा टार्गेट लगायतका रिटेलर्स छन् ।

महामारीका बेला लागू भएका विभिन्न खाले बन्देजका बेला इ कमर्श क्षेत्र फस्टाएको छ र रेष्टुरेन्ट, कारखाना तथा रेटल स्टोरहरुका साथै गोदामकेन्द्रहरुमा समेत घण्टाबारी ज्यालादारी कामदारको माग उच्च बनेको छ ।

प्रकाशित मिति:     ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar