श्रम स्वीकृति अनलाइनबाट मात्र

श्रम स्वीकृति अनलाइनबाट मात्र

काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनमार्फत मात्रै श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

विभाग मातहतका कार्यालयमा भौतिक रूपमा उपस्थित भएर दिइने सेवाहरू स्थगन गर्ने निर्णय गरिएको विभागले
जनाएको छ । यसअन्तर्गत अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रूपमा उपस्थित भई लिइने पुनः श्रम स्वीकृति परेका छन् । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले सरकारले जारी गरेको २९ गतेसम्मको निषेधाज्ञा अवधिभर विभाग माताहतका कार्यालयमा भौतिक रूपमा उपस्थिति भएर दिइने सेवा स्थगन गरिएको जानकारी दिए।

सरकारले दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिसकेको छ । सरकारले काठमाडौँ उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण यो अवधिमा अति आवश्यकबाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति:     २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar