साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार

साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार

काठमाडौं । साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो। जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ छ भने महँगी भत्ता पाँच हजार छ सय १५ गरी जम्मा १५ हजार रूपैयाँ कायम गरिएको छ।

नयाँ व्यवस्था अनुसार श्रमिकले दैनिक ५ सय ७७ रूपैयाँ पारिश्रमिक पाउने छन्। जसमा तीन सय ६१ रूपैयाँ आधारभूत पारिश्रमिक र दुई सय १६ रूपैयाँ महँगी भत्ता रहने उल्लेख गरिएको छ।

प्रकाशित मिति:     २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar