मलेसियाको सबा राज्यले लगायो नेपाली कामदारको आगमनमा रोक

मलेसियाको सबा राज्यले लगायो नेपाली कामदारको आगमनमा रोक

काठमाडौं। मलेसियाको सबा राज्यले नेपाली कामदारको आगमनमा अस्थायी रोक लगाएको छ। नेपालमा कोरोना संक्रमण बढेपछि सबा राज्यले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकन कामदारको आगमनमा पनि रोक लगाएको हो।

सबाका मुख्यमन्त्री डाटुक सेरि हाजिजीले उक्त जानकारी स्थानीय मिडियालाई दिएका हुन्। नेपाली कामदारको आगमनमा रोक आइतबारबाट लगाइएको हो। यसअघि उक्त राज्यले अमेरिका, फ्रान्स र ब्राजिलका नागरिकलाई प्रवेशमा रोक लगाएको थियो।

प्रकाशित मिति:     २० बैशाख २०७८, सोमबार  |    Himali Khabar