नवलपुरको २१ बर्षिय युवती ८ दिनदेखि बेपत्ता

नवलपुरको २१ बर्षिय युवती ८ दिनदेखि बेपत्ता

नवलपुर । नवलपुर जिल्लाको गैडाकोट-४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता छिन् । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजी जारी रहे पनि कुनै सुराक प्राप्त भएको छैन ।

बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले लगातार खाजी गर्दासमेत छोरी फेला पार्न नसकेको बताए । गैडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत बिना आधि घण्टामै फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्केकी थिइन् । १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिमपटक परिवारसँग सम्पर्क भएका थियो ।

अनुसन्धानका क्रममा प्रहरीले भरतपुरका एकजना युवालाई नियन्त्रणमा लिएको छ । गैडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले एक जनालाई सोही दिन पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar