उपभोक्ता समितिमार्फत हुने विकास निर्माणमा रोक लगाइयो

उपभोक्ता समितिमार्फत हुने विकास निर्माणमा रोक लगाइयो

काठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाक्रीले उपभोक्ता समितिमार्फत हुने सबै नयाँ खरिद रोक्ने निर्णय गरेकी छन्। झाक्रीले कात्तिक १४ गते मन्त्रीस्तरीय निर्णय गरेर उपभोक्ता समितिमार्फत हुने खरिद रोक्ने निर्णय गरेकी हुन।

उपभोक्ता समितिमार्फत भएका कामहरु गुणस्तरहीन, अपारदर्शी र तोकेको काम नगरेको भन्दै गुनासो आउन थालेपछि नयाँ खरिद तत्कालका लागि रोकिएको मन्त्रालयका सहसचिव बिष्णु प्रसाद शर्माले बताए। मन्त्रालय मातहत करिव ३० प्रतिशत कामहरु उपभोक्ता समित मार्फत हुने गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरुमा समेत उपभोक्ता समितिबाट भएका गरेका कार्यहरु प्रभावकारी नदिएको र गुणस्तरमा ध्यान नदिएको पाइएको छ । यसरी काम गराउँदा विभिन्न किसिमका अनियमितताले प्रश्रय पाएको भन्ने आम बुझाइ समेत रहेको छ।

प्रकाशित मिति:     २४ कार्तिक २०७८, बुधबार  |    Himali Khabar