साइड क्लियर भएपछि कलंकीदेखि महाराजगंजसम्मको सडक डिजाइनका लागि पत्राचार

साइड क्लियर भएपछि कलंकीदेखि महाराजगंजसम्मको सडक डिजाइनका लागि पत्राचार

काठमाडौं । चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो खण्डको साइट क्लियर भएपछि चिनियाँ पक्षलाई सडक डिजाइनका लागि पत्राचार गरिएको छ। दोस्रो खण्ड अन्तर्गत कलंकीदेखि महाराजगंजसम्मको सडक डिजाइनका लागि पत्राचार गरिएको चक्रपथ सुधार योजना प्रमुख अर्जुन सुवालले जानकारी दिए ।

चिनियाँ पक्षसँग दोस्रो खण्ड विस्तारका लागि द्विपक्षीय सम्झौता भएको चार बर्ष बितिसकेको छ । तर उनीहरुले पहिलो खण्ड विस्तारका क्रममा विभिन्न समस्या भोग्नु परेको भन्दै साइट क्लियर नगरी डिजाइनको काम पनि सुरु नगर्ने बताएका थिए । त्यसले गर्दा सुधारको काम अघि बढ्न सकेको थिएन ।

अब साइट लगभग क्लियर भइसकेकाले छ ।

प्रकाशित मिति:     २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar