चीनले बनायो प्रतिघन्टा ६ सय किलोमिटरको गतिमा कुद्ने रेल

चीनले बनायो प्रतिघन्टा ६ सय किलोमिटरको गतिमा कुद्ने रेल

काठमाडौं । चीनले प्रतिघन्टा ६ सय किलोमिटरको गतिमा कुद्ने रेल बनाएको छ। उक्त रेलको प्रारम्भिक भर्सन पूर्वी तटीय सहर छिङताओमा सार्वजनिक गरिएको छ।

चीनको सरकारी स्वामित्वमा रहेको रेलवे रोलिङ स्टक कोअपरेशनले ६ सय किलोमिटर प्रतिघन्टाका गतिमा कुद्ने रेल म्यागलेभ ट्रेन स्वदेशमै बनाएपछि चीन ‘ट्रान्सपोर्ट सुपरपावर’ भएको दाबी गरेको छ।

यो रेल पाँचदेखि दश वर्षमा व्यावसायिक प्रयोगमा ल्याउन सकिने चिनियाँ इन्जिनियरहरूले बताएका छन्।यसअघिका रेलभन्दा म्यागलेभ (म्याग्नेटिक लेभिटेसन) रेल फरक छ। यो ट्रयाकको माथि झुन्डिन्छ र इलेक्ट्रोम्याग्नेटिक शक्तिले गुड्छ।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar