भीमफेदी–कुलेखानी सडक स्तरोन्नतिका लागि आजदेखि जेठ २५ गतेसम्म बन्द

भीमफेदी–कुलेखानी सडक स्तरोन्नतिका लागि आजदेखि जेठ २५ गतेसम्म बन्द

हेटौँडा । काठमाडौं–हेटौँडा जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडक स्तरोन्नतिका लागि आजबाट बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि यातायात सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।

यसअघि निर्देशनालयले सो सडक विस्तारको कामका लागि २ महिनासम्म यातायात सेवा बन्द गरेर सडक विस्तारको काम गरेको थियो । हाल सो सडकमा स्लाब ढलान र पिच गर्ने काम भइरहेकाले यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार १८ करोड रुपैयाँमा भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका र १६ करोड रुपैयाँ देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति:     १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar