सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, २१ लाख २१ हजारले शेयर पाएनन्

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, २१ लाख २१ हजारले शेयर पाएनन्

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँट भएको छ । कम्पनीले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा आवेदन दिएर योग्य भएका २१ लाख २० हजार ८८८ जना लगानीकर्ताको हात खाली भएको छ । जुन कुल योग्य आवेदकको ९६.९० प्रतिशत हुन आउँछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलले शेयरको बाँडफाँट कार्यक्रममा दोहोरो आवेदन दिएकामध्ये दोहोरो आवेदन र अन्य कारणबाट ९ हजार ९८६ वटा आवेदन रद्द भएको छ । उल्लेखित संख्याबाट १ लाख २३ हजार ८३० कित्ता शेयर माग भएको थियो ।

आईपीओमा आवेदन दिएकामध्ये २१ लाख ८८ हजार ७७८ वटा आवेदनबाट परेको २ करोड ५० लाख ९६ हजार ७० कित्ताको माग सदर भएका थिए । उल्लेखित संख्याको आवेदकलाई शेयर बाँडफाँटमा सहभागि गराइएको थियो ।

प्रकाशित मिति:     १६ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar