नेप्से ५५ दशमलव ५० अंकले बढेर २८३७ दशमलव ६२ बिन्दुमा

नेप्से ५५ दशमलव ५० अंकले बढेर २८३७ दशमलव ६२ बिन्दुमा

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५५ दशमलव ५० अंकले बढेर २८३७ दशमलव ६२ बिन्दुमा पुगेको छ।

ठूला कम्पनीको कारोबारमा मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९ दशमलव ४६ अंकले बढेर ५३० दशमलव ४६ बिन्दुमा रोकिएको छ ।

आइतबार २ सय ३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार कित्ता सेयर ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति:     १४ कार्तिक २०७८, आईतवार  |    Himali Khabar