आइतबारसम्म सामलिङको आइपीओमा माग भन्दा ३१.१२ गुणा बढी आवेदन

आइतबारसम्म सामलिङको आइपीओमा माग भन्दा ३१.१२ गुणा बढी आवेदन

काठमाडौं । सामलिङ पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । यस कम्पनीको आइपीओमा यसअघि नै मागभन्दा बढी आवेदन परिसकेको छ ।

आइतबार साँझसम्ममा १२अर्ब ११ करोड ३२ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार ५ बजेसम्म १७ लाख ५८ हजार ४५० जनाले २ करोड ११ लाख ३२ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन्। यो माग भन्दा ३१.१२ गुणा बढी आवेदन हो ।

प्रकाशित मिति:     ८ कार्तिक २०७८, सोमबार  |    Himali Khabar