धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग स्पष्टीकरण माग

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग स्पष्टीकरण माग

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ ।

धितोपत्र ऐनको दफा १२ मा ‘अध्यक्ष तथा सदस्यलाई पदमुक्त गर्नुअघि नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने उचित अवसरबाट बञ्चित गर्ने छैन’ भन्ने व्यवस्था छ ।

‘त्यही व्यवस्था अनुसार पदमुक्त गर्नुअघि ढुंगानालाई सफाइको अवसर दिन स्पष्टीकरण सोधिएको हो’ अर्थ मन्त्रालयसम्वद्ध स्रोतले भन्यो, ‘उहाँले स्पष्टीकरण दिनुहुनेछ । चित्तबुझ्दो अवस्था भए भिन्नै कुरा । नभए स्पष्टीकरण चित्तबुझ्दो नभएको भनेर बर्खास्तको निर्णय हुनेछ ।’धितोपत्र ऐनको दफा ११ मा दलको पदाधिकारी, धितोपत्र व्यवसायमा सलग्न, दामासाहीमा परेमा, मानसिक सन्तुलन बिग्रेमा वा नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएमा पदमुक्त हुने भन्ने व्यवस्था छ ।

प्रकाशित मिति:     १२ आश्विन २०७८, मंगलवार  |    Himali Khabar