बिशाल बजारको सेयर मूल्य १ बर्ष यताकै उच्च विन्दुमा, लगानीकर्ताले कति कमाए

बिशाल बजारको सेयर मूल्य १ बर्ष यताकै उच्च विन्दुमा, लगानीकर्ताले कति कमाए

काठमाडौं । बिशाल बजार कम्पनीको सेयर मूल्य ११ महिना यताकै उच्च विन्दुमा पुगेको छ । कम्पनीको सेयर सन २०२० जुलाई २९ मा प्रतिकित्ता १ हजार ५५० रहेकोमा आज सन् २०२१ मे ५ मा प्रतिकित्ता ७ हजार ४६२ पुगेको हो ।

एक वर्ष अगाडि उक्त कम्पनीको सेयर किन्ने सेयरधनीले आकर्षक प्रतिफल पाएका छन् । साताको चौथो कारोबार दिन बुधवार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । विक्रेताभन्दा क्रेता धेरै भएकाले कम्पनीको सेयर मूल्यमा वृद्धि भएको हो ।

यसभन्दा अगाडि कम्पनीले कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु उपलब्ध नगराएका कारण नेप्सेले गत माघ १८ गतेदेखि सेयर कारोबार रोक्का राखेको थियो । कम्पनीले आव २०७३/ ७४,०७४/ ७५,०७५/ ७६,०७६/ ७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आव २०७७/ ७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु र अन्य अपरिष्किृत त्रैमासीक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको कम्पनी लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी वित्तीय विवरणहरु अपलोड गरेको छ ।

प्रकाशित मिति:     २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar