मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ आजदेखि

मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ आजदेखि

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ आजदेखि बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि मात्र सेयर निष्कासन गरेको हो।

कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) तथा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ।

यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर भने सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।

यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति:     २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar