काठमाडौं। नेपालमा डिम्याट खाता खोल्नेहरुको संख्या ३५ लाखभन्दा बढी भएको छ। सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबारसम्म ३५ लाख २ हजार ८९६ जनाले डिम्याट खाता खोलेका हुन्।
गत वर्षको लकडाउनको समयदेखि सेयर बजारले नयाँ उचाई कायम गर्दा पूँजीबजारमा चासो राख्नेको संख्या बढ्दै गएको छ। फलस्वरुपः डिम्याट खाता खोल्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । सोही कारण अहिले आइपिओमा माग भन्दा निकै बढी आवेदन पर्ने गरेको छ।