कोरोना संक्रमण बढेपछि नेप्सेको ब्रोकरहरुलाई यस्तो निर्देशन

कोरोना संक्रमण बढेपछि नेप्सेको ब्रोकरहरुलाई यस्तो निर्देशन

काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि नेप्सेले सुरक्षाका आवश्यक उपायहरु अपनाउन ब्रोकरहरुलाई निर्देशन दिएको छ । सकेसम्म सबै कामहरु भौतिक रुपमा उपस्थित नभई विद्युतीय प्रणालीमार्फत गर्न पनि नेप्सेले भनेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै नेप्सेले सेयर कारोबारपछि किन्नेलाई समयमै खातामा सेयर र बिक्रेतालाई निर्धारित समयमा पैसा बैंक खातामा पठाइदिन पनि फेरि सम्झाएको छ ।

यस्तै नेप्सेमा पठाउनुपर्ने कागजपत्रहरु सकेसम्म इमेल वा अन्य विद्युतीय माध्यमबाट गर्न भनेको छ । ब्रोकर कार्यालयमा मास्क, सेनिटाइजर, ज्वारो नाप्ने यन्त्र लगायतका आवश्यक सामग्री उपलब्ध गराउन पनि भनिएको छ ।

प्रकाशित मिति:     १४ बैशाख २०७८, मंगलवार  |    Himali Khabar