कोरोनाको प्रभाव सेयर बजारमा, सोमबार पनि भारी गिरावट

कोरोनाको प्रभाव सेयर बजारमा, सोमबार पनि भारी गिरावट

काठमाडौं । सेयर बजारमा केही दिन यता ठूलो अंकको गिरावट आइरहेको छ। हिजो ७५ अंकले घटेको बजार सोमबार पनि ६५.५८ अंकले घटेर १५०६.६१ विन्दुमा पुगेको छ ।


पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै सेयर बजारमा त्यसको असर देखापरेको बताइएको छ।

सोमबार कारोबारमा आएका १३ वटा समूह मध्ये सबै समूहको परिसूचक घटेको छ ।

सोमबार कारोबार पनि २ सय २० कम्पनीको ६ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसमा सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ३१ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । विशाल बजार कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्यमा ९.९९ प्रतितशले बढेको छ ।

प्रकाशित मिति:     १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar