राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रको कुन बैंकमा कति छ सेयर लगानी ?

राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रको कुन बैंकमा कति छ सेयर लगानी ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको विभिन्न बैंक तथा वित्तीय संस्थामा सेयर रहेको छ ।उनको सम्पत्ति विवरण अनुसार उनको परिवारको चार जनाको नाममा ६ हजार ७७० कित्ता आईपीओ तथा एफपीओ रहेको छ ।

मिश्रको नाममा ग्लोबल आईएमई बैंकको २३१, मेगा ८२२, सेञ्चुरी ७०४, मेरो माइक्रोफाइनान्सको ४४, रिडी हाईड्रो पावर ६७, जलविद्युत लगानी तथा विकास कम्पनी ४७७, अरुण काबेली पावर २०५, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ६४, एनसीसी बैंक ९१, आरएसडिसी लघुवित्त ९५, नेपाल पूर्वाधार विकास बैंकमा ५० कित्ता आईपीओ रहेको छ । यस्तै नेपाल इन्भेष्टमेण्ट बैंक ३८४, नेपाल लाइफ इन्स्योरेन्स १८६, स्टाण्डर्ड चार्टर्ड बैंकको २७३ कित्ता एफपीओ रहेको छ ।

सम्पती विवरणमा सीता देवी कुँवरको नाममा ग्लोबल आईएमई बैंकको २३१, मेगा ८२३, सनराइज ३२२, सेञ्चुरी ६०७, अरुण काबेली पावर ९४, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ६४, आरएसडिसी लघुवित्त ९५, नेपाल पूर्वाधार विकास बैंकमा ५० कित्ता आईपीओ रहेको छ । यस्तै नेपाल इन्भेष्टमेण्ट बैंक ४९, नेपाल लाइफ इन्स्योरेन्स २२, स्टाण्डर्ड चार्टर्ड बैंकको २१ कित्ता एफपीओ रहेको छ । निहारिका मिश्रको नाममा मेरो माइक्रोफाइनान्सको २१, प्राइम कमर्शियल बैंकको २४५, अरुण काबेली पावर ९४, फरवार्ड कम्युनिटी ६४, आरएसडिसी लघुवित्त ९५, पूर्वाधार विकास बैंकको ५० कित्ता आईपीओ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको ४९ र स्टाण्डर्ड चार्टर्ड बैंकको २१ कित्ता एफपीओ रहेको छ । यस्तै बन्सिका मिश्रको नाममा नेपाल पूर्वाधार विकास बैंकको ६० कित्ता सेयर रहेको छ ।

उनले यो सबै सेयर स्वआर्जन सम्पतिले खरिद गरेको जानकारी गराएका छ्न ।

प्रकाशित मिति:     १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar