राष्ट्र बैंकको डेपुटी गर्भनर ढुंगानासंग ११ हजार कित्ता सेयर, कुन संस्थामा कति ?

राष्ट्र बैंकको डेपुटी गर्भनर ढुंगानासंग ११ हजार कित्ता सेयर, कुन संस्थामा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र उनको परिवारको नाममा गरी ११ हजार १ सय ७० कित्ता सेयर छ । उनले आर्थिक वर्ष २०७७÷७८ चैतको दोस्रो साता सार्वजनिक गरेको सम्पती विवरणमा आफु, पति र छोराको नाममा १८ वटा बैंक तथा वित्तीय संस्थामा सेयर लगानी रहेको देखिएको छ ।

१८ वटा संस्थामा ११ हजार १ सय ७० कित्ता सेयर रहेको हो । उनको अधिकांश सेयर वाणिज्य बैंक, जलविद्युत कम्पनी, फाइनान्स कम्पनीको रहेको छ । सम्पती विवरणमा उल्लेख भए अनुसार न्यूनतम २० कित्तादेखि अधिकतम २ हजार ३ सय २० कित्तासम्म रहेको छ । उनले सार्वजनिक गरेको विवरणमा बिष्णु तिम्सीना र अर्थव तिम्सीनाको नाम उल्लेख छ ।

विवरणमा उल्लेख भए अनुसार अर्थव तिम्सीनाको नाममा क्रिष्टल फाइनान्सको २० कित्ता सेयर रहेको छ भने सबैभन्दा बढी नीलम, बिष्णु र अर्थवको नाममा कृषि विकास बैंकमा साधारण सेयर २ हजार ३ सय २० कित्ता सेयर रहेको छ । यस्तै एनआईसी एशिया बैंकको साधारण र हकप्रद गरी २ सय ४६ कित्ता, सनराइज बैंकको साधारण र हकप्रद गरी १ हजार ६ सय ५२ कित्ता, सिटिजन्स बैंकको साधारण र हकप्रद गरी ६ सय ३८, एभरेष्ट बैंकको प्रिफरेन्स र साधारण सेयर २० र ३ सय २८ कित्ता सेयर रहेको छ । स्टयान्डर्ड चार्टर्ड बैंकको बोनस सहित १ हजार ६ सय ४ कित्ता सेयर रहेको छ भने कुमारी बैंकको ९ सय ९५ कित्ता, अरुण भ्याली हाईड्रोपावरको ९९ कित्ता, लक्ष्मी बैंकको साधारण सेयर १ हजार ३ सय ९५, बैंक अफ काठमाडुको १ सय ४९ कित्ता, देव विकास बैंकको ५५, एनएमबी बैंकको ४ सय २१ कित्ता सेयर रहेको छ ।

क्रिस्टल फाइनान्सको २०, ग्लोबल आईएमई बैंकको १ सय २, ज्योती विकास बैंकको ४ सय ५०, जलविद्युत लगानी कोषको ३ सय ६२, अरुण कावेली पावरको १ सय ३९ र प्रभु बैंकको १ सय ९५ कित्ता साधारण सेयर रहेको छ ।

प्रकाशित मिति:     ११ बैशाख २०७८, शनिबार  |    Himali Khabar