सेयर बजार आज पनि घट्यो, के हो कारण ?

सेयर बजार आज पनि घट्यो, के हो कारण ?

काठमाडौं । पछिल्लो समय सेयर बजार परिसूचकमा निरन्तर गिरावट आइरहेको छ । बुधबार पनि नेप्से ३२.४१ अंकले घटेर २६३२ विन्दुमा झरेको छ ।

हिजो २.६८ अंकले मात्र बजार बढेको थियो ।

सेयर कारोबार पनि पौने ६ अर्बको मात्र भएको छ। बुधबार २ सय १४ कम्पनीको ५ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको छ। कारोबारमा आएका १३ समूह मध्ये म्यूचुअल फन्ड बाहेक अरु सबै समूह घटेपछि समग्रमा नेप्से घटेको हो ।

बुधबार सबैभन्दा धेरै सेयर किनबेच निफ्राको भएको छ भने सबैभन्दा धेरै सेयर मूल्यमा बृद्धि ज्योति लाइफ इन्स्योरेन्सको भएको छ।

केही दिन अघिसम्म निरन्तर बढेर नयाँ नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेमा अहिले गिरावट आउन थालेसँगै कारोबार पनि घट्न थालेको छ । यसले लगानीकर्ताहरु निरुत्साहित हुन थालेको संकेत मिलेको छ । बजार घट्नुपर्ने कुनै कारण नभएको जानरकारहरु बताउँछन् ।

प्रकाशित मिति:     ८ बैशाख २०७८, बुधबार  |    Himali Khabar