सेयर बजार आज पनि घट्यो, परिसूचक २७ भन्दा तल झर्यो

सेयर बजार आज पनि घट्यो, परिसूचक २७ भन्दा तल झर्यो

काठमाडौं । पछिल्लो समय सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। सोमबार नेप्से ३७.५८ अंकले घटेर २६६१.९१ विन्दुमा झरेको छ।

कारोबारमा आएका १३ समूह मध्ये हाइड्रोपावर र फाइनान्स बढेपनि अरु सबै कम्पनीको परिसूचक घटेको छ। आज सबैभन्दा धेरै कमाउँनेमा ज्योति लाइफ रहेको छ भने सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा चन्द्रागिरी हिल्स छ । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएको छ।

सबैभन्दा अग्रस्थानमा नागरिक लगानी कोष छ । कोषको कोषको २८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। केही दिन अघिसम्म नयाँ नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेले पछिल्लो समय भने निरन्तर ओरालो बाटो लागिरहेको छ । यसले लगानीकर्ताहरुको मनोबल थप गिराउने चिन्ता थपिएको छ।

प्रकाशित मिति:     ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar