मस्कले राखे ट्विटर किन्ने प्रस्ताव

मस्कले राखे ट्विटर किन्ने प्रस्ताव

काठमाडौं । अर्बपति व्यापारी एलोन मस्कले ४१ अर्ब डलरमा ट्विटर किन्ने प्रस्ताव गरेका छन्। मस्कले केही दिनअघि मात्रै कम्पनीको बोर्डमा सहभागी नहुने घोषणा गरेका थिए।

मस्कले प्रतिसेयर ५४.२० डलर प्रस्ताव गरेका छन्, जुन बिहीबार नियामक फाइलिङमा सूचित गरिएको थियो। यस्तो अवस्थामा ट्विटरको सेयर प्रिमार्केट ट्रेडिङमा १२ प्रतिशतले बढेको छ ।

ट्विटरमा मस्कको ९.२ प्रतिशत सेयर स्वामित्व छ।

प्रकाशित मिति:     २ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar