सुनको भाउ तोलाको १ लाख नजिक

सुनको भाउ तोलाको १ लाख नजिक

काठमाडौं । सुनको भाउ बुधबार प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। यस दिन सुनको भाउ एकै दिन १ हजार ९०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९९ हजार ५०० र तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि त्यसको असर देखिएको छ।
यस्तै बुधबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा पुगेको छ।

प्रकाशित मिति:     १८ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar