भारतमा निरन्तर बढ्दै पेट्रोलियम पदार्थको भाउ

भारतमा निरन्तर बढ्दै पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार पनि बढेको छ। भारतमा पेट्रोलयम पदार्थको मूल्य लगातार चौथो दिन पनि बढेको हो। शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाइमा पुएको छ। नयाँ दिल्लीमा पेट्रोल र डिजेलको भाउ प्रतिलिटर क्रमशः १०७ रुपया २४ पैसा र ९५ रुपैया ९७ पैसा पुगेको छ।

मुम्बईमा भने यो दर क्रमशः ११३ रुपया १२ पैसा र १०४ रुपया रहेको छ । कोलकातामा पेट्रोल प्रतिलिटर १०७ रुपया ७८ पैसा अनि डिजेल पनि प्रतिलिटर ९९ रुपया शून्य ८ पैसा कायम भएको छ । चेन्नईमा भने यो दर क्रमशः १०४ रुपया २२ पैसा र १०० रुपया २५ पैसामा उक्लिएको छ।

देशभरका सबै मुख्य शहरमा पेट्रोलको भाउ यस अघि १०० रुपया वा सो भन्दामाथि पुगिसकेको छ । डिजेलको भाउ भने एक दर्जनभन्दा बढी राज्यमा १०० रुपयामाथि पुगेको छ।

प्रकाशित मिति:     ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar