सुनको मूल्य तोलामा ३ सयले बढ्यो

सुनको मूल्य तोलामा ३ सयले बढ्यो

काठमाडौं । सोमबार चाँदीको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। आइतबार ८९ हजार रुपैयाँ प्रतितेलामा कारोबार भएको सुनको मूल्य सोमबारका लागि ८९ हजार ३ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी तोलामा ११ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति:     ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar