सुनको मूल्य निरन्तर घट्दै, बुधबार ८८ हजार ८०० मा कारोबार

सुनको मूल्य निरन्तर घट्दै, बुधबार ८८ हजार ८०० मा कारोबार

काठमाडौं । नेपालमा पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ ।

यस्तै चाँदी पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ । मंगलबार बजारमा सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य समेत बुधबार ८८ हजार ३५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar