साउदीको सरकारी तेल कम्पनीले २५.४५ अर्ब डलर नाफा कमायो

साउदीको सरकारी तेल कम्पनीले २५.४५ अर्ब डलर नाफा कमायो

बीबीसी। साउदी अरबको सरकारी तेल कम्पनी अरामकोले सन् २०१८ पछि यो वर्ष सबैभन्दा धेरै मुनाफा कमाएको छ। अरामकोले चालु आर्थिक वर्षको हालसम्म २५.४५अर्ब अमेरिकी डलर नाफा कमाइ सकेको छ।

अघिल्लो वर्ष सोही अवधिको कमाइको तुलनामा यो२८८प्रतिशतले बढी हो। कोरोना खोप लगाउनेको संख्या बढेपछि विश्व बजार खुला हुन थालेपछि तेलको व्यापार उकालो लागेको हो। अरामकोकाअनुसार हाल विश्वभर इन्धनको माग बढ्दो क्रममा छ।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar