उच्चस्तरीय निर्यात डेस्क राख्न सरकार सकारात्मक, व्यवसायी उत्साहित

उच्चस्तरीय निर्यात डेस्क राख्न सरकार सकारात्मक, व्यवसायी उत्साहित

काठमाडौ । नेपाली उत्पादन निर्यातको सहजीकरण र नीति निर्माणकालागि मुख्यसचिव नेतृत्वमा उच्चस्तरीय निर्यात डेस्क राख्न सरकार सकारात्मक भएको छ । निर्यात व्यवसायी महासङको टोलीसङको भेटमा मुख्यसचिव बैकुण्ठ अर्यालले व्यवसायीको जायज माग पूरा गर्न सरकार प्रतीवद्द रहेको बताउनु भयो ।

महासङका अध्यक्ष शंकरप्रसाद पाण्डेले निर्यातमा सहजीकरणका लागि डेस्क राख्ने आफुहरुको मागमा मुख्यसचिव सकारात्मक हुनुभएको र केही दिनमा थप छ्लफल गर्ने जानकारी दिनुभयो । उच्चस्तरीय निर्यात डेस्कको संयोजक मुख्यसचिव हुनुपर्ने ब्यवसायीको माग छ । नेपालीको निर्यात नीति परीमार्जन र सहजीकरणका लागि यो डेस्कको माग भैरहेको छ । भेटमा उद्योग र निर्यातमा फरक ब्याजदर कायम हुनुपर्ने माग पनि राखेका ब्यावसायीलाइ आगामी दिनमा थप छ्लफल गरेर टुंगोमा पुग्न सकिने जवाफ मुख्यसचिव अर्यालले दिनुभएको थियो ।

आउदो मौद्रिक नीतिमा निर्यात ब्यापारलाई उच्च प्राथमिकता दिन पनि ब्यवसायीले माग गरेका छन ।

प्रकाशित मिति:     ३ असार २०८०, आईतवार  |    Himali Khabar