तेजेन्द्र शर्मा पौडेल अनुभवी पर्यटन व्यवसायी हुन् । पर्यटनमा तीन दशक बिताइसकेका पौडेल पछिल्लो समय नेपालको ग्रामीण पर्यटन प्रवद्र्धनमा केन्द्रित छन् । उनी गाउँले पर्यटन–नेपाल (भिटोन)का अध्यक्ष समेत हुन् । भिटोनले नेपालका ग्रामीण भेगहरूमा पर्यटक पु¥याउन नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनको काम गर्दै आएको छ । प्रस्तुत छ, पर्यटन क्षेत्रमा कोभिडको असर, यसको पुनरुत्थान र ग्रामीण पर्यटन प्रवद्र्धनबारे हिमाली खबरले पर्यटन व्यवसायी पौडेलसँग गरेको संवादको सार ः
कोरोना प्रभावित नेपालको पर्यटन क्षेत्र अहिले कुन अवस्थामा छ ?
नेपालमा पर्यटनको अपार सम्भावना भएर पनि समय–समयमा आउने विभिन्न बाधा बड्चनहरूले पटक–पटक अवरोध सृजना गरिरहेको छ । पछिल्लो केही दशकको मात्र कुरा गर्ने हो भने २०५२ सालदेखि सुरु भएको द्वन्द्व, २०७२ को भूकम्प र अहिलेको कोरोना महामारीले नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । द्वन्द्व र भूकम्पको चपेटापछि क्रमशः नेपालको पर्यटनले एउटा लय समात्दै थियो । त्यसलाई अर्को नयाँ उचाईमा पु¥याउन सरकारले पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरेको थियो । तर दुर्भाग्य त्यसको सुरुवाती समय देखि नै कोरोनाले विश्वकै पर्यटन क्षेत्र ठप्प भयो । त्योसँगै अन्तर्राष्ट्रिय उडानहरू बन्द भए मानिसहरू भ्रमणका लागि निश्कन सक्ने अवस्था रहने । त्यसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा अहिले पनि कायमै छ ।
पछिल्लो समय त कोरोनाको खोप पनि आइसकेको छ । विदेशमा र नेपालमा पनि त्यो खोप लगाउने क्रम सुरु भइसकेको छ । अब पर्यटन क्षेत्र लयमा फर्कने अपेक्षा गर्न सकिन्छ ?
पक्कै पनि कोरोनाको खोप आएसँगै सबैमा एक किसिमको आत्मविश्वास बढेको छ । विभिन्न देशहरूले आफ्ना नागरिकहरूलाई त्यो खोप लगाउन थालिसकेका छन् । त्यसै अनुसार नेपालमा पनि सुरु छ । यो खोप लगाएसँगै विदेशी मुलुकहरूले आफ्ना नागरिकलाई भ्रमणका लागि पनि सहजता प्रदान गर्लान् र नेपाल सरकारले पनि भ्रमणबारे अहिलेको स्वास्थ्य मापदण्डलाई केही सहज बनाउला भन्ने हाम्रो अपेक्षा छ । त्यसो भयो भने नेपाल घुम्न आउने पर्यटकहरू केही मात्रामा भएपनि अवश्य नै बढ्ने अनुमान गर्न सकिन्छ ।
तपाईंहरूको निष्कर्ष अहिले सरकारले लागू गरेको स्वास्थ्य प्रोटोकलले पनि पर्यटकलाई आउनबाट रोक्यो भन्ने हो ?
पक्कै पनि हो । कुनै पनि देश घुम्छु भनेर हिडेको पर्यटक त्यो देशमा हप्तौंसम्म होटलको कोठामा थुनिएर बस्नुपर्छ भने ऊ किन घुम्न निस्कन्छ ? लकडाउन हुनु एउटा कुरा होला । तर खोप आइसकेको अवस्थामा ७२ घण्टाको कोरोना परीक्षणको रिपोर्ट लिएर घुम्न चाहने पर्यटकलाई ५ दिनसम्म कोठामा थुन्नु उपयुक्त होइन ।
यसको अर्थ कोरोना परीक्षण नै गर्नु हुँदैन । यसै ह्वारह्वार्ती आउन दिनुपर्छ भनेको होइन । हामीले त त्रिभुवन विमानस्थलमै कोरोना परीक्षण गर रिपोर्ट नेगेटिभ आउनेलाई निर्बाध घुम्न देऊ, पोजेटिभ आउेलाई मापदण्ड अनुसार क्वारेन्टाइनमा राख भनेका छौं ।
अहिले त खोप आइसकेपछि विश्वभरि नै कोरोनाको त्रास केही कम भएको छ । त्यसले गर्दा हामीले पनि नेपाल आउने पर्यटकलाई सोही अनुसारको लचिलो प्रावधान बनाएर पर्यटकलाई नेपाल घुम्न ल्याउनुपर्छ । र, शिथिल पर्यटक क्षेत्रलाई क्रमशः विगत कै अवस्थामा फर्काउदै लागुपर्छ ।
कोरोना प्रभावित व्यवसाय पुनरुत्थानका लागि सरकारले बजेट र राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सहुलियत पूर्ण र व्यवसाय निरन्तरता कर्जाको व्यवस्था गरेको छ । त्यसको कार्यान्वयन कस्तो पाउनु भएको छ ?
विशेष गरी लकडाउनको अवधिमा प्रायः सबै उद्योग धन्दाहरू ठप्प भए । त्यसमा पनि पर्यटन क्षेत्र त लकडाउन पछि पनि ठप्पप्रायः नै छ । पर्यटक आगमान नभएपछि आन्तरिक पर्यटकले मात्र यो क्षेत्र चलायमान हुन सक्ने अवस्था पक्कै रहेन । त्यसले गर्दा कोरोनाको सबैभन्दा ठूलो प्रभाव कुनै क्षेत्रमा छ भने त्यो पर्यटन नै हो । त्यसलाई सम्बोधन गर्न सरकारले केही सहुलियत पूर्ण कर्जाको व्यवस्था ग¥यो । तर त्यसको कार्यान्वयन प्रभावकारी भएको छैन ।
पर्यटन व्यवसायीलाई त कस्तो समस्या प¥यो भन्दा २० लाख पर्यटक ल्याउने भनेर सरकारले भिजिट नेपाल २०२० घोषणा ग¥यो । त्यसले गर्दा हामीले त्यसलाई लक्षित गरेर करोडौं अर्बौं रुपैयाँ नयाँ लगानी पनि थप्यौं । त्यसको मार पनि थपिएको छ । त्यसले गर्दा व्यवसायीको पीडालाई ध्यान दिएर निर्णय गर्न आवश्यक छ ।
सहुलियत पूर्ण कर्जा पनि ठूलालाई चैन, सानालाई ऐन भनेजस्तो भएको गुनासो बजारमा व्यापत छ । अर्थात् केही ठूला र टाठाबाठा व्यवसायीले पाएको तर साना र पहुँच नभएकाले नपाएको गुनासो छ । त्यसलाई पनि सम्बोधन गरी सबैलाई समान मूल्यांकन गरी सुविधा दिनुपर्छ ।
अब पर्यटन क्षेत्रलाई कसरी पुरानै अवस्थामा फर्काउने त ?
त्यसको एउटै मात्र विकल्प हो । स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै विस्तारै पर्यटकीय गतिविधिहरू बढाउने र व्यवसायीलाई राहत प्याकेज मार्फत सहुलियत दिँदै यो क्षेत्रबाट पलायन हुने अवस्थाबाट रोक्ने यो बाहेक अरु विकल्प छैन । पर्यटक आउन रोक्नु मात्र स्वास्थ्यका दृष्टिकोणले उपयूक्त होला । तर व्यावसायिक दृष्टिकोणले त्यो उचित होइन । यो अवस्थामा पनि नेपाल सुरक्षित छ भन्ने सन्देश विश्व बजारमा प्रवाह गर्ने गरी काम गर्नुपर्छ । त्यसका लागि आवश्यक पर्छ भने एउटा कमिटी नै बजार राज्यले पर्यटन पुनरुत्थानको नयाँ कार्यक्रम र योजना सहितको अभियान नै शुरु गर्नुपर्छ । क्वारेन्टाइनको झमेला हटाउनुपर्छ र भिसा शुल्कमा समेत छुट दिएर या निःशुल्क बनाएर पर्यटकलाई आकर्षित गर्नुपर्छ ।
प्रसंग बदलौं, पछिल्लो राजनीतिक घटना क्रमले पर्यटक आगनमा कस्तो प्रभाव पर्न सक्छ ?
कुनै पनि देशमा हुने राजनीतिक आन्दोलन, बन्द, हड्ताल जस्ता क्रियाकलापले त त्यो देशको पर्यटन विकासमा पक्कै पनि प्रभाव त परि नै हाल्छ । त्यसमा पनि यति ठूलो महामारीबाट गुज्रिरहेको अवस्थामा आएको खोपले केही आशा जगाइरहेको अवस्थामा फेरि अर्को बन्द, हड्ताल विरोध जस्ता क्रियाकलापले हामीलाई त निराश नै बनाएको छ । अबको घुम्न आउने मनस्थिति बनाएका पर्यटकले पनि यस्तो क्रियाकलापले गर्दा भ्रमण रद्द गर्ने अवस्था रहन्छ । एक त कोरोनाको क्रास पूर्ण रूपमा हटेको छैन, अर्को त राजनीतिक अस्थिरता ले कतिबेला के हुने हो निक्र्योल छैन भने अहिले नजाऊँ पछि जाउँला भन्ने पर्यटक बढ्न सक्छन् । यस्तो भयो भने पीडामा पर्ने त व्यवसायी नै हो । घाटा त मुलुकलाई नै हो ।
ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित स्थापित गाउँले पर्यटन–नेपाल (भिटोन)ले ग्रामीण पर्यटन प्रवद्र्धनमा पछिल्लो समय के के गर्दै छ ?
कोरोनाले गर्दा गएको चैत यता त हेर्नुस् खासै केही गर्न सकिराखेको छैन । अधिकांश समय त घर भित्रै बसेर विस्तो पछिल्लो केही महिनादेखि अवस्था केही सहज भएपछि त्रास कायमै छ । अब अवस्था सहज भएपछि हामीले त्यसमा तीव्र रूपमा लाग्छौं ।
यो संस्था २०५५ सालमा स्थापना भएको हो । यसले विगतमा भने नेपालको ऐतिहासिक, संस्कृति र मनोरम गाउँहरूमा पर्यटक लैजानुपर्छ भनेर धेरै कामहरू गरेको छ । शहर बजार मात्र घुम्ने पर्यटकलाई १, २ दिनका लागि मात्र भएपछि उनीहरूलाई गाउँ घुमाउनुपर्छ र गाउँको विकास गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य अनुरूप काम गरेका छौं । नेपालमा धेरै विविधता छ । ग्रामीण पर्यटनको त अपार सम्भावना छ । त्यसको उजागर गर्नुपर्छ र पर्यटक लैजानुपर्छ अनि मात्र त्यहाँ पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यको विकास र रोजगारी सृजना हुन्छ भनेर काम गरिरहेका थियौं । तर कोरोनाले हाम्रो कामलाई ब्रेक लगाइदिएको छ । अब भने ७७ वटै जिल्लाका ग्रामीण भेगमा पर्यटक पुर्याउने गरी गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा लाग्ने हाम्रो योजना छ ।
अन्तमा, ग्रामीण पर्यटन प्रवद्र्धनमा काम गर्ने तपाईंहरूको भिटोनसँगै अर्को पनि संस्था छ भिटोफ यी दुई संस्थालाई एक बनाएर काम गर्नेबारे अहिले केही सोच्नु भएको छ ?
अहिले मात्र होइन, हामीले त कहिल्यै पनि योबारे सोचेका छैनौं । उद्देश्य एउटै भए पनि काम गराईमा पक्कै फरक छ । त्यसकारण हामीले मर्ज गरेर एक हुनेबारे सोचेका छैनौं र सोच्दा पनि सोच्दैनौं । हामी हाम्रो हिसाबले काम गरिरहेका छौं । उहाँहरू पनि आफ्नै हिसाबले काम गरिरहनु भएकै होला । तर कुनै गन्तव्यको पहिचान र प्रवद्र्धनको लागि प्रस्ताव लिएर आउनु भयो भने सहकार्य गर्न सकिन्छ ।