युवा उद्यमी शर्मा `राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८´ बाट सम्मानित

युवा उद्यमी शर्मा `राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८´ बाट सम्मानित

काठमाडौं । युवा उद्यमी तथा सहारा ग्लोबल विजनेश ग्रुपका अध्यक्ष सुदर्शन राज शर्मा राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८ बाट सम्मानित भएका छन् । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज फोकस नेपालले उक्त सम्मान प्रदान गरेको हो ।

युवा व्यवसायी शर्मा स्वास्थ सेवा, पर्यटन, जलस्रोत तथा सेवा क्षेत्रमा सक्रिय छन । ग्रुप अन्तर्गत सञ्चालित साहारा एजुकेशन एण्ड म्यानेजमेन्ट प्रालि, साहारा कन्स्ट्रक्सन एण्ड आर्कीटेक्चर प्रालि, साहारा मल्टी एग्रो एण्ड फार्मिङ प्रालि, साहारा हाईड्र एण्ड एनर्जी प्रालि, साहारा हस्पिटालीटि एण्ड एण्ड म्यानेजमेन्ट प्रालि, साहारा हस्पिटल प्रालि र साहारा टेलिभिजनमा सन्चालनमा छन । आगामी २ बर्षमा २ हजार रोजगारी सृजना गर्ने उनको तयारी छ ।

अध्यक्ष शर्मा आफ्नो जीवनका सफलता र असफलताका कथा बोकेको आफ्नो जीवनी ‘ म र मेरो ३१ वर्ष ‘ नामक पुस्तक प्रकाशनको तयारीमा छ । सम्पूर्ण नेपाली माझ आफ्नो आत्मा कथा पुर्याएर सम्पूर्णको आशिस र सल्लाहका साथ साथै मेहेनत , लगन र हिम्मतले सबैलाई उद्यमी र सफल व्यक्ति बन्न सक्छन् भन्ने सन्देश प्रवाह गराउने उनको योजना छ ।

प्रकाशित मिति:     २ आश्विन २०७८, शनिबार  |    Himali Khabar