नयाँ बसपार्कको लोत्से मल सञ्चालनमा, २ सय पसल, रेष्टुुरेन्ट र सुविधासम्पन्न हल

नयाँ बसपार्कको लोत्से मल सञ्चालनमा, २ सय पसल, रेष्टुुरेन्ट र सुविधासम्पन्न हल

काठमाडौं । काठमाडौं गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ। लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैंकक सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे।

गोङ्गबुस्थित विष्णुमती किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो। ८ तलाको ल्होत्से हलमा १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङ रहेको छ।

मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेष्टुरेन्ट, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यू वाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको छ। त्यस्तै वैंक, वित्तिय संस्था, सहकारी, सैलुन लगायतका पसलहरु पनि सञ्चालनमा रहेका छन्।

प्रकाशित मिति:     १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar