फेसबुकले सार्वजनिक गर्‍यो स्मार्ट चश्मा, यस्तो छ विशेषता ?

फेसबुकले सार्वजनिक गर्‍यो स्मार्ट चश्मा, यस्तो छ विशेषता ?

काठमाडौं । फेसबुकको बहुप्रतिक्षित स्मार्ट चश्मा सार्वजनिक भएको छ । लक्जरी चश्मा ब्राण्ड रे–बन उत्पादक कम्पनी एसिलर लक्जोटिकासँगको सहकार्यमा फेसबुकले स्मार्ट चश्मा तयार गरेको हो । फेसबुकको स्मार्ट चश्माको नाम ‘रे बन स्टोरिज’ राखिएको छ ।

बिहीबार सार्वजनिक गरिएको स्मार्ट चश्माको मूल्य ३ सय अमेरिकी डलर तोकिएको छ । फेसबुकको स्मार्ट चश्मा प्रविधिगत रुपले मोबाइल क्यामरा र ब्लुटुथ एयरफोनको समिश्रणको रुपमा रहेको छ । यो चश्मामा दुईवटा क्यामरा छन् ।

यस चश्माबाट प्रयोगकर्ताले फोटोहरु खिच्न सक्नेछन् भने ३० सेकेण्डसम्मको भिडियो पनि खिच्न सक्नेछन् । साथै यसमा म्युजिक, पडकास्ट सुन्न, अडियो नोटिफिकेसनका साथै फोन कल प्राप्त गर्न पनि सकिन्छ । स्मार्ट चश्माको क्यामरा चालु गर्नका लागि प्रयोगकर्ताले चश्माको दायाँ खुट्टामा रहेको बटन थिच्नुपर्नेछ वा फेसबुक एसिस्टेन्टलाई फोटो खिच्न वा भिडियो रेकर्ड गर्नका लागि आदेश दिए पुग्नेछ ।

फोटो वा भिडियो खिच्ने बेलामा माथिल्लो भागको दायाँ छेउँमा दुईवटा एलइडी लाइट बल्नेछन्, त्यसमध्ये एउटा प्रयोगकर्तातर्फ फर्किएको छ भने अर्को फोटो खिचिने वस्तुतर्फ फर्किएको हुन्छ ।

प्रकाशित मिति:     २५ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar