आईफोनमा कम्तीमा ७ वर्षसम्म सेक्युरिटी अपडेट दिन जर्मन सरकारको माग

आईफोनमा कम्तीमा ७ वर्षसम्म सेक्युरिटी अपडेट दिन जर्मन सरकारको माग

काठमाडौं । जर्मन सरकारले युरोपियन युनियनलाई बुझाएको वातावरणीय उत्तरदायित्व सम्बन्धी नयाँ प्रस्तावमा एप्पलले आईफोनको सेक्युरिटी अपडेट कम्तीमा पनि सात वर्षसम्मका लागि दिनुपर्ने उल्लेख गरेको छ । जर्मनीको अर्थ मन्त्रालयले बुझाएको उक्त प्रस्तावमा एप्पलले आईफोनका स्पेयर पार्टस् सात वर्षसम्मका लागि सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ ।

उसो त यसअघि पनि युनियनले एप्पल र गुगल लगायत स्मार्टफोन निर्माता कम्पनीहरूले फोनको अपडेट र स्पेयर पार्टस् कम्तीमा पनि पाँच वर्षसम्म र ट्याब्लेटको स्पेयर पार्टस् कम्तीमा पनि ६ वर्ष उपलब्ध गराउनुपर्ने गरी सुविधा दिनुपर्ने माग राखेको थियो ।

त्यो माग सम्बन्धमा केही निर्णय हुन नपाउँदै दुई वर्षको अवधि थप गरेर सात वर्षसम्म अपडेट र स्पेयर पार्टस् उपलब्ध गराउन जर्मन सरकारले माग राखेको छ ।

प्रकाशित मिति:     २४ भाद्र २०७८, बिहीबार  |    Himali Khabar