१६ वर्ष मुनिका इन्स्टाग्राम एकाउन्ट अब स्वतः प्राइभेट

१६ वर्ष मुनिका इन्स्टाग्राम एकाउन्ट अब स्वतः प्राइभेट

काठमाडौं । सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामले १६ वर्षमुनिका प्रयोगकर्ताका नयाँ एकाउन्टन्टलाई स्वतः प्राइभेट बनाइदिएको छ । जसअनुसार अब स्विकृत फलोअर्सले मात्र त्यस्ता प्रयोगकर्ताले इन्स्टाग्राममा गर्ने पोस्ट हेर्न तथा लाइक र कमेन्ट गर्न सक्नेछन् ।

कम उमेरका प्रयोगकर्ताका एकाउन्टन्टलाई प्राइभेट बाइ डिफल्ट बनाउने परीक्षणका क्रममा २० प्रतिशत प्रयोगकर्ताले मात्र आफ्नो एकाउन्टन्टलाई पब्लिक गराउन चाहेको पाइएको इन्स्टाग्रामले जनाएको छ । इन्स्टाग्राममा नयाँ एकाउन्टन्ट खोल्ने १६ वर्ष मुनिका प्रयोगकर्ताको एकाउन्टन्ट मात्र हालका लागि स्वतः प्राइभेट हुनेछ । पूराना कम उमेरका प्रयोगकर्तालाई चाँहि एकाउन्टन्ट प्राइभेट गर्दाका फाइदाहरु समेटिएको एक सन्देश पठाइनेछ ।

१३ वर्ष मुनिका प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ एप नै ल्याउन लागिएको इन्स्टाग्रामले जनाएको छ । यद्यपि इन्स्टाग्रामले उमेर ढाँटेका कम उमेरका प्रयोगकर्ताको एकाउन्टन्ट हटाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विकास गरिरहेको बताएको थियो ।

प्रकाशित मिति:     १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar