निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न प्रधानमन्त्री देउवालाई आग्रह

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न प्रधानमन्त्री देउवालाई आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री देउवालाई बधाई दिन प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको महासंघको टोलीले आयात निर्यातलगायत फ्रन्टलाइनमा बसेर निजी क्षेत्रले काम गर्ने हुनाले खोपको उपलब्धताका लागि आग्रह गरेको हो ।

भेटपछि महासंघ अध्यक्ष शेखर गोल्छाले खोपको प्राथमिकतासँगै अर्थतन्त्रका विषयमा कुराकानी भएको बताए । अर्थतन्त्रलाई अगाडि बढाउने विषयमा महासंघले सारेको भिजन पेपरका विषयमा जानकारी गराएको र त्यसमा प्रधानमन्त्रीले जिज्ञासा पनि राखेको उनले बताए ।

प्रकाशित मिति:     ३१ असार २०७८, बिहीबार  |    Himali Khabar