६४ एमपीको क्यामरा भएको रियलमी–८ बजारमा

६४ एमपीको क्यामरा भएको रियलमी–८ बजारमा

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी–८ सार्वजनिक गरेको छ। रियलमी–८ को मुख्य क्यामराको ६४ एमपीको छ। त्यस्तै, ८ एमपीको वाइड एङ्गगल, २ एमपी म्याक्रो र २ एमपी डेप्थ लेन्स दिइएको छ।

फोनमा १६ एमपी सेल्फ क्यामरा छ। सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटि, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड छन्।त्यस्तै यसमा भएको दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्छ।

फोनमा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले दिइएको छ। त्यस्तै, ५ हजार एमएएच ब्याट्रीका साथ ३० वाट फास्ट चार्ज सुविधा दिइएको छ। यसले ब्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्न सघाउँछ।

प्रकाशित मिति:     २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar