वान एक्स वेटको बिज्ञापन रोक्न निर्देशन

वान एक्स वेटको बिज्ञापन रोक्न निर्देशन

काठमाडौं । नेपालमा केहि समययता वान एक्स वेट (https://1xbet.com/) को नाममा विभिन्‍न डिजिटल प्लेटफर्ममा एउटा विज्ञापन छ्यापछ्याप्ती छ । नेपालमा अवैध मानिएको जुवामा लगानी गर्न सकिने भन्दै विज्ञापन प्रकाशित भएपछि विज्ञापन बोर्डले कारबाही गर्ने चेतावनी दिएको छ ।

बोर्डले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (1) को खण्ड (ख) को व्यवस्था विपरीत भएकोले तत्काल त्यस्ता गतिविधिहरु बन्द गर्न निर्देशन दिएको छ । त्यस्ता विज्ञापन तथा प्रमोसनल भिडियो डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गर्दै सूचना जारी गरेको छ । बोर्डले विज्ञापन नहटाएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति:     २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar