इन्टरनेटमा चौधरी समूहको प्रवेश, १२० एमबीपीएस इन्टरनेटर ९९९ रुपैयाँमै

इन्टरनेटमा चौधरी समूहको प्रवेश, १२० एमबीपीएस इन्टरनेटर ९९९ रुपैयाँमै

काठमाडौं। नेपालको केबल इन्टरनेट व्यवसायमा चौधरी समूहले प्रवेश गरेको छ। चौधरी समूहले आज ‘सीजी नेट’ लञ्च गर्दै इन्टरनेट व्यवसायमा प्रवेश गरेको हो।

समुहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सस्तो मूल्यमा आजदेखि सीजी नेट उपलब्ध गराउने बताए। उनका अनुसार १२० एमबीपीएस इन्टरनेटर ९९९ रुपैयाँमै उपलब्ध हुने छ।

यस्तै इन्टरनेट व्यवसायीले चौधरी समूहको प्रवेशले नेपालमा इन्टरनेटको पहुँच र पूर्वाधार विकास हुने बताएका छन्। सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले नेपालको इन्टरनेट व्यवसायमा चौधरी समूहको आवश्यक्ता रहेको बताए।

प्रकाशित मिति:     १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar