बिट्क्वाइनको मुल्य २४ घण्टामा ८.२४ प्रतिशतले बढ्याे

बिट्क्वाइनको मुल्य २४ घण्टामा ८.२४ प्रतिशतले बढ्याे

काठमाडौं । दुई साताभन्दा अगाडिदेखि निरन्तर ओरालो लागेको क्रिप्टोकरेन्सी मार्केट मंगलबार पनि उकालो लागेको छ । जसको प्रभाव स्वरूप बजारका ठूला क्रिप्टोकरेन्सीहरूको मुल्यमा पछिल्लो २४ घण्टामा उल्लेख्य वृद्धि भएको छ ।

क्रिप्टो डटकमका अनुसार बिट्क्वाइनको मुल्य पछिल्लो २४ घण्टामा ८.२४ प्रतिशतले बढेर ३७ हजार ३०४ अमेरिकी डलर पुगेको छ भने इथेरियम २ हजार ७०७ डलरमा कारोबार भइरहेको छ । इथेरियममा मात्र पछिल्लो २४ घण्टामा १६.६० प्रतिशतले वृद्धि भएको हो ।

प्रकाशित मिति:     १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar