म्यासेजिङ एप ह्वाट्सएपले भारतविरुद्ध मुद्दा हाल्यो

म्यासेजिङ एप ह्वाट्सएपले भारतविरुद्ध मुद्दा हाल्यो

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले भारत सरकार विरुद्ध मुद्दा हालेको छ । भारतले लागू गरेको नयाँ नियमले सोसल मिडियामाथि आम निगरानीको अवस्था सिर्जना हुने र प्रयोगकर्ताका निजी डाटाहरु सरकारलाई दिनका सोसल मिडिया प्लाटफर्महरुलाई लागि बाध्य पार्ने भन्दै ह्वाट्सएपले त्यस्तो नियममा रोक लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर भएको हो ।

बुधबार देखि लागू हुने भनिएको सोसल मिडियासम्बन्धी नयाँ नियम लागू हुन नदिने प्रयासमा ह्वाट्सएपले अदालतको ढोका ढक्ढकाएको बताइएको छ ।

नयाँ नियमानुसार भारतमा क्रियाशील कम्पनीहरुले स्थानीय कानून पालना गर्नका लागि विशेष भूमिका निर्वाह गर्नुपर्ने तथा कानून कार्यान्वयन गराउने निकायसँग सम्पर्कमा रहनुपर्ने लगायतका प्रावधान रहेका छन् । साथै सोसल मिडिया प्लाटफर्महरुले आंशिक तथा पूर्णरुपमा नग्नता समावेश भएका सामाग्रीहरु हटाउनुपर्ने विषय पनि नयाँ नियममा रहेको छ ।

प्रकाशित मिति:     १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar