अमेजनको सीईओ बन्न लागेका एन्डी जेस्सीले को हुन ?

अमेजनको सीईओ बन्न लागेका एन्डी जेस्सीले को हुन ?

काठमाडौं । अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोसले आगामी जुलाई ५ देखि प्रमख कार्यकारी अधिकृत (सिईओ) बाट राजीनामा दिने भएका छन् ।
राजीनामासँगै बेजोसले सिइओको जिम्मेवारी एन्डी जेस्सीलाई हस्तान्तरण गर्नेछन् । हाल उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।

हार्वर्ड बिजनेस स्कुलबाट एमबीए गरेका जेस्सी अमेजन कम्पनीको सुरुवात देखि नै जोडिएका थिए । सुरुमा उनी मार्केटिक व्यवस्थापकका रुपमा अमेजनमा प्रवेश गरेका थिए । कम्पनीमा उनले प्राविधिक सहायकका रुपमा पनि काम गरेको अनुभव छ । उनले बिभिन्न भूमिका निर्वाह गरेका छन् ।

५३ वर्षिय जेस्सीको अमेजन कम्पनीमा जेस्सीको ३ करोड डलर बराबरको शेयर छ । उनको आधारभूत वार्षिक तलब १ लाख ७५ हजार डलर रहेको थियो ।

जेस्सीले अहिले अमेजन वेब सर्भिसको नेतृत्व गरिरहेका छन् । झण्डै ३ दशकसम्म कम्पनीको नेतृत्वमा रहेका बेजोस सिइओबाट राजिनामा पश्चात् पनि अमेजनको कार्यकारी अध्यक्षको रुपमा रहनेछन् । गत फेब्रुअरी महिनामा आयव्यय विवरण सार्वजनिक गर्ने क्रममा अमेजनले नेतृत्व परिवर्तनको घोषणा गरेको थियो । जस अनुसार जेस्सीले वर्षको तेश्रो त्रैमासिकमा कम्पनीको सिइओको जिम्मेवारी लिने बताइएको थियो तथापि जेफले राजिनामा दिएर जेस्सीले जिम्मेवारी लिने यकिन तिथि चाहिँ तोकिएको थिएन ।

जुलाई ५ तारेख आफ्नो लागि निकै भावनात्मक दिन रहेको बेजोसले बताएका छन् । बेजोसले सन् १९९४ को जुलाई ५ मा अमेजन कम्पनी स्थापना गरेका थिए ।

प्रकाशित मिति:     १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar