विश्वकै सर्वाधिक धनीमा बनार्ड आर्नल्ट दर्ज, बेजोस तेस्रो स्थानमा धकेलिए

विश्वकै सर्वाधिक धनीमा बनार्ड आर्नल्ट दर्ज, बेजोस तेस्रो स्थानमा धकेलिए

काठमाडौं । युरोपेली फेसन टाइकुन बनार्ड आर्नल्ट विश्वकै सर्वाधिक धनी व्यक्ति सूचीकृत भएका छन् । फोर्ब्स म्यागजिनले सन् २०२१ का संसारका धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ ।

फ्रेन्च फेसन ब्रान्ड लुइस भ्यूटनका मालिक आर्नल्टले अमेजन मालिक जेफ बेजोसलाई उछिन्दै सर्वाधिक धनी व्यक्ति दरिएका हुन् ।

फोब्र्सका अनुसार आर्नल्टको कूल सम्पत्ति १८६.३ बिलियन डलर छ । यो बेजोसको भन्दा ३०० मिलियन डलरले बढी हो । बेजोससँग १८६ बिलियन डलर सम्पत्ति छ ।

टेस्ला र स्पेस–एक्स कम्पनीका मालिक इलोन मस्क १४७.३ बिलियन डलरसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति:     ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar