एनआरएनए जापानको अध्यक्षमा नविन निउरे बलियो, भोलि मतदान

एनआरएनए जापानको अध्यक्षमा नविन निउरे बलियो, भोलि मतदान

काठमाडौं । गैर आवासीय नेपाली संघ जापानको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष नविन निउरेको सम्भावना बलियो देखिएको छ । एनआरएनए जापानको ११ औं महाधिबेशन भोलि जुलाई ३० मा हुदैछ ।

अध्यक्षमा नविन निउरे,संगिता अधिकारी,राज कुमार अधिकारी र रामकृष्ण श्रेस्ठले उम्मेदवारी दर्ता गरेका छन । २६ पदका लागी ४९ उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्नो पक्षमा माहोल बनाउन अन्तिम प्रयास गरिरहे पनि अध्यक्षमा निउरेको जितको प्रवल संभावना रहेको छ । हालका बरिस्ठ उपाध्यक्ष निउरेले गरेका राम्रा काम र उनको सहनसिल र सरल स्वभावका कारण अहिले उनको माहोल बढेको छ ।

बागलुङको गलकोटमा जन्मेर जापानलाई कर्मभूमि बनाउदै आएका नविन निउरे एनआरएनएमार्फत समाजिक सेवामा सक्रिय छन् । आफ्नो कलिलो उमेरदेखि नै एनआरएनएको अभियानमा होमिएका निउरे सन् २०११ बाट एनआरएनए जापानको कान्तो क्षेत्रीय समितिको सदस्य पदबाट सक्रिय एनआरएनएको अभियानमा लागेका थिए । क्षेत्रीय समितिको कोषाध्यक्ष, सचिव, संयोजक हुदै राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् ।

विभिन्न सामाजिक संघ सस्थामा नेतृत्वदायी भूमिकामा रहेर संस्था आवेगले होइन विवेकले व्यक्तिले होइन विधिले, पारदर्शी रुपमा संचालन गराउन अहम् भूमिका खेलेका निउरे जापानमा सक्रिय संस्थामध्यको गलकोट समाज जापानको महासचिव, समेत भैसकेका छन् । भने गलकोट स्पोर्ट क्लब टोकियो, नेपाल पत्रकार महासंघ जापान शाखा लगायत दर्जन बढि संघ संस्थामा आवद्ध रहेका छन् । सिद्धार्थ बनस्थली स्कूलबाट माध्यमिक शिक्षा हासील गरेका निउरेले स्नातक तह सम्मको अध्ययन पूरा गरेका छन् । सन् २००५ देखि जापानमा बसोबास गरेका उनी सन् २०१० देखि जापानमा आफ्नै व्यवसाय गर्दै आएका छन् । हाल उनले रेमिट्यान्स, रेष्टुरेण्ट एवं कन्सल्टिङ व्यवसाय सञ्चालन गरिरहेका छन् । जापानमै पहिलोपटक नेपालीहरुद्वारा स्थापना गरिएको एभरेष्ट ईण्टरनेशनल स्कूलको संस्थापक शेयर सदस्य समेत रहेका उनले नेपालमा समेत शैक्षिक तथा बैँकिङ क्षेत्रमा लगानी गरेका छन् ।

के छन् त निउरेका प्रमुख एजेण्डा ?
एनआरएनएको पुनर्संरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतका कार्यको जग स्थापना भइसकेको अवस्थामा जापान सरकारसँग आवश्यक पहल र नेपालीहरूको योगदानमा आधारित रहेर धार्मिक स्थलसहितको प्रविधि युक्त बहुउदेश्यीय नेपाली हाउसको स्थापना र सञ्चालनमा ल्याउने निउरेको मुख्य योजना रहेको छ ।जापानमा रहेका हरेक सामाजिक संघ संस्था र समाजसँग समन्वयात्मक रूपमा हातेमालो गर्दै कार्य गर्ने योजना अघि सारेका उनले यसको व्यावहारिक कार्यान्वयन, सक्दो छिटो आवश्यक सेवा र सहायता ९भाषा, भैपरी आउने मानवीय सहयोग र दैनिक समस्या० प्रदान र कार्यान्वयनका लागि एक टास्कफोर्सको स्थापना गरि सो अन्तर्गत दैनिक कार्य संचालनका लागि दक्ष जनशक्तिसहितको कर्मचारी नियुक्त गरी एनआरएनए जापानको कार्यालय सञ्चालनमा ल्याउने बताएका छन् ।

आकस्मिक दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरूको पार्थिव शरीर नेपालमा पठाउन लाग्ने आर्थिक खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था गर्न र यसका लागि ठोस नीति बनाएर कार्यन्वयन गराउन नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गर्ने योजना बनाएका निउरेले दुर्घटना तथा विभिन्न आपतकालीन समस्यामा परेका नेपालीहरूलाई सहयोग हुने गरी संचालित एनआरएनए आपतकालीन राहत कोष’ को प्रभावकारी कार्यान्वयन गर्ने निउरेद्धरा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन ।


एनआरएनए जापानका कार्यक्रम सञ्चालनका लागि वार्षिक क्यालेन्डर स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्ने, संघमा रहेका मौजुदा विधान कार्यविधि नियमावली आचारसंहितालाई पूणर् रूपमा पालना गर्दै समयानुकूल परिमार्जित र आवश्यक संशोधन गर्ने र एनआरएनए जापानलाई स्मार्ट एनआरएनए बनाउनका लागि बेवपेज, सामाजिक सञ्जाल, सदस्यको अभिलेखीकरण, नियमित लेखा व्यवस्थापन, आन्तरिक सञ्चार व्यवस्थापन, सूचना प्रविधि लगायतलाई व्यवस्थित र प्रभावकारी र कामयाबी बनाउन उनले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन ।नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने पुलको रुपमा एनआरएनले भूमिका निर्वाह गर्दै नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउनका लागि राजदूतावाससँगको सहकार्यमा ‘नेपाल चिनाउने’ बुकलेट तयार गरिने योजना पनि उनले अघि सारेका छन् ।

प्रकाशित मिति:     १३ श्रावण २०८०, शनिबार  |    Himali Khabar