उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ तिमल्सिनाको उम्मेदवारी

उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ तिमल्सिनाको उम्मेदवारी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्थापित उद्यमी मुकुन्द प्रसाद तिमल्सिनाले एसोसिएटतर्फ दाबेदारी प्रस्तुत गरेका छन् । महासंघको ५७ ओैं वार्षिक साधारणसभाका लागि उनले एसोसिएटतर्फ उम्मेदवारि घोषणा गरेका हुन् ।

चार दशकदेखिको आफ्नो व्यापारिक अनुभवबाट संघ र नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन आफ्नो उमेदवारी रहेको उनले बताएका छन् । चैत २८ र २९ गते महासंघको वार्षिक साधारणसभा हुँदैछ । तिमल्सिना व्यपारिक क्षेत्रमा इमान्दार र देशको अर्थतन्त्र बुझेको उद्यमीका रूपमा परिचित छन् ।

प्रकाशित मिति:     २७ चैत्र २०७९, सोमबार  |    Himali Khabar