कोरोना बीमा गराएका एक लाखले अझै पाएनन् भुक्तानी

कोरोना बीमा गराएका एक लाखले अझै पाएनन् भुक्तानी

काठमाडौं । कोरोना बीमा गराएकाहरुमध्ये करिब एक लाख बिमितहरुले अझै बीमा बापतको रकम भुक्तानी पाउन सकेका छैनन् । नेपाल बिमक संघले बिमा समितिलाई पत्राचार नै गरेर भुक्तानी गर्न नसकिने बताएको छ ।

बिमा समितिका अनुसार कोरोना मापदण्डमा भए अनुसार सरकारले भुक्तानी दिनु पर्ने रकम नदिएको भन्दै संघले भुक्तानी रोक्ने लिखित पत्राचार नै गरेको हो । १ लाख ३७ हजारले १३ अर्ब अर्बको दाबी पेश गरेका थिए । यसमध्ये ५० हजार हाराहारीले मात्रै भुक्तानी पाएको समितिले जनाएको छ ।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar