बङ्गलादेशबाट मल आज आइपुग्दै

बङ्गलादेशबाट मल आज आइपुग्दै

काठमाडौं, २५ फागुन । सरकारले बङ्गलादेशसँग जीटुजी (सरकार–सरकार)मार्फत गरेको सम्झौता अनुरूप पहिलो चरणको रासायनिक मल मङ्गलबार राति आइपुग्ने भएको छ । जीटुजीमार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन युरिया मल सोमबार मध्यराति वा मङ्गलबार बिहान आइपुग्नेछ ।

मल रेलबाट वीरगञ्ज र ट्रकबाट विराटनगर आइपुग्ने उनले बताए। दुइटै साधनबाट एकै पटक मल पठाए पनि रेल चाँडो आइपुग्ने र ट्रक एक÷दुई दिन ढिला आउने केन्द्रका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए ।

वीरगञ्जका लागि नौ हजार हजार मेट्रिक टन, विराटनगरका लागि पाँच हजार मेट्रिक टन र भैरहवाका लागि पनि सात हजार ८७५ मेट्रिक टन मल आउन लागेको हो ।
धानको सिजनमा युरिया मलको अभाव भएपछि तत्कालका लागि सुरुमा बङ्गलादेशबाट पैँचोमा ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भएको थियो तर सो पैँचो मल दिने प्रक्रिया झन्झटिलो भएको बङ्गलादेशले भनेपछि सरकार–सरकारबीच सम्झौता भएर सो मल किनेर नै ल्याएको छ ।

प्रकाशित मिति:     २५ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar