कोरिया जान बसेका युवालाई छ महिना समय थप

कोरिया जान बसेका युवालाई छ महिना समय थप

काठमाडौं, २४ फागुन । ईपीएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी बसेका युवाका लागि छ महिना समय थप्न कोरिया सहमत भएको छ । यसबाट कोरियाली भाषा पास गरेका तर कोरोनाका कारण कोरिया जान नपाएका नेपाली युवा लाभान्वित हुनेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले उक्त जानकारी दिए । मन्त्री चौधरीले अवधि थप गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) सहमत भएको पनि जानकारी दिए । कतारसँग हालको सम्झौतालाई संशोधन गरी जीटूजीमार्फत श्रमिक पठाउनका लागि नेपालका लागि कतारी राजदूतसँग छलफल भएको र यसमा विषयमा राजदूत सकारात्मक भएकोसमेत बताए ।

मन्त्री चौधरीले समयको माग, आवश्यकताका आधारमा पूर्वप्रस्थान अभिमुुखीकरण तालिमको पाठ्यक्रम परिमार्जित गरेर कार्यान्वयनमा ल्याइएको पनि बताए ।

प्रकाशित मिति:     २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar